पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय विष्ट र आचार्यद्वारा तस्बिर अवलोकन   
पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय विष्ट र आचार्यद्वारा तस्बिर अवलोकन   
    • Bell Sanchar

    • १५ जेष्ठ २०८१, मंगलवार

काठमाडौँ

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय महेन्द्र विष्ट र गोविन्द आचार्यले गणतन्त्र दिवशका सन्र्दभमा राष्ट्रिय समाचार समिति (रासस) ले प्रदर्शन गरेका तस्बिर अवलोकन गर्नुभएको छ ।

उहाँहरूले आज भद्रकालीस्थित राससको कार्यालयमा तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको हो । त्यसअवसरमा प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहनुभएका पूर्वअध्यक्ष आचार्यले गणतन्त्र स्थापनापछि विकास भएको छैन भन्ने भ्रमलाई चिर्न राससद्वारा प्रदर्शनीमा राखिएका तस्बिरले सहयोग पु¥याउने बताउनुभयो । “गणतन्त्रका उपलब्धि केही भएनन् भन्दै निराशाका कुरा भइरहेका छन् तर यहाँ प्रस्तुत तस्बिरले नेपालमा धेरै पूर्वाधार बनिसकेका, भौतिक विकासले निकै फ्डको मारेको देखाउँछ । अब भौतिक पूर्वाधारसँगै सामाजिक विकासमा पनि राज्य लाग्नुपर्ने महसुस गरेको छु”, उहाँले भन्नुभयो ।

यसैगरी पूर्वअध्यक्ष डा विष्टले कलात्मक, सिर्जनात्मक र सूचनामूलक तस्बिर खिचिएको भन्दै राससको फोटो सेवाको प्रसंशा गर्नुभयो । उहाँले गणतन्त्रको उदयसँगै भौतिक विकासले निकै फड्को मारिसकेको र त्यसलाई दस्तावेजका रूपमा प्रस्तुत गरिएका तस्बिर प्रदर्शनी हेर्नलायक रहेको बताउनुभयो । उहाँको भनाइ थियो, “नेपालको विकास हेर्न तस्बिर नै काफी छन् ।”
यही जेठ १० गतेदेखि शुभारम्भ भएको तस्बिर प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले उद्घाटन गर्नुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित