जुम्लामा तीनजना पत्रकार पुरस्कृत
जुम्लामा तीनजना पत्रकार पुरस्कृत
    • उमेश बुढा

    • १६ जेष्ठ २०८१, बुधबार

जुम्ला ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाले क्रियाशिल पत्रकारहरुका लागी पुरस्कारका लागि पाँच लाखको कोष स्थापना गरेको छ । हिमा गाउँपालिका जुम्लाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ शाखा जुम्लाले सो कोष स्थापना गरेको हो ।
गाउँपालिकाले दिएको उक्त रकमको जुम्लामा क्रियाशिल पत्रकारका लागि पुरस्कार वितरण गरिने छ । कोषको औपचारिक घोषणा हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले उद्घाटन गरेका छन ।
त्यस्तै सो कोषबाट आएको रकमको व्याज तथा महासंघबाट ३ जना क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।जसमा क्रियाशिल पत्रकार दिलमाया शाही, कृष्णमाया उपाध्याय र मानदत्त रावललाई परस्कृत गरिएको छ । पत्रकार दिलमाया शाही गौरी–पदम स्मृति पुरस्कारबाट पुरस्कृत हुनु भएको छ, शाहीलाई रु एघार हजार एक सय ११ रुपैया नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी पत्रकार कृष्णमाया उपाध्यायलाई महिला तथा बालवालिका पतकारिता पुरस्कार बाट रु १० हजार एक सय रुपैयाले नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी पत्रकार मानदत्त रावललाई रु १० हजार एक सय रुपैया र नगद सहित पुरस्कृत गरिएको छ ।

भने मानदत्त रावललाई युवा तथा खेलकुद पत्रकारिता पुरस्कारबाट रु १० हजार एक सय रुपैया नगद तथा प्रमाणपत्र प्रदान गरिएको हो ।

त्यस्तै पुरस्कृत हुने पत्रकारलाई हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष शाहीले जुम्लाको ईतिहासमा पत्रकारहरुको कामको प्रोत्साहन गर्न यो काममा सहयोग गरिएको छ । उनले भने क्रियाशिल र अग्रज पत्रकारलाई सोही अनुसार सम्मान हुने बिषयको पत्रकारहरुलाई शुभकामना दिए । उनका अनुसार यो पुरस्कारले नागरिकको दवेको आवाज उठान गर्न थप प्रेरणा प्रदान गर्ने छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पत्रकारिता क्षेत्रको संघर्षमा प्रोत्साहन हुने राम्रो काम भएको बताए । उनले यसलाई बढ्वा दिन आवश्यक छ । उनले पुरस्कृत हुने पत्रकारलाई वधाई दिदै आगामी दिनमा अरुले पनी यस्तै पुरस्कार पाउनको लागी शुभकामना दिए ।

पत्रकार महासंघका संस्थापक अध्यक्ष नरेन्द्रनाथ योगीले यो कार्य एक नमूना र पे्रणादायी काम भएकाले सवै स्थानीय तहले यसमा जोड दिन आवश्यक रहेको छ । उनले हिमा गाउँपालिकालाई विशेष धन्यवाद दिए ।

त्यस्तै कार्यक्रममा वोल्दै, नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले महासंघको ईतिहासमा जुम्लामा संघर्ष गर्ने क्रियाशिल पत्रकारहरुका लागि स्थापना भएको पत्रकार कोषका लागि हिमा गाउँपालिकालाई दिएका छन ।उनले पुरस्कृत हुने पत्रकारलाई वधाई दिदै आगामी दिनमा यसको दायरा र राशी बढाउनुपर्ने आबश्यक रहेको बताए ।

साताकाे चर्चित
सम्बन्धित