जुम्लाको गुठीचौर-१ का ४८० घरधुरी तीन महिनादेखि अन्धकारमा
जुम्लाको गुठीचौर-१ का ४८० घरधुरी तीन महिनादेखि अन्धकारमा
    • बेल संचार

    • २५ बैशाख २०८२, बिहीबार

जुम्ला ।

 गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी तीन महिनादेखि विद्युत् सेवा विहीन भएका छन्। वडाका नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा अवस्थित अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प भएको हो।

स्थानीय परेक ऐडीका अनुसार, ५५ किलोवाट क्षमताको जेनरेटर र ट्रान्समिटर फागुन महिनादेखि बिग्रिएको हो। यता, स्थानीयहरू सम्बन्धित निकायको चासो नपुगेको गुनासो गर्छन्। विद्युत् सेवा अवरुद्ध हुँदा बालबालिकाको पठनपाठन, मोबाइल चार्ज, कुटानी–पिसानी मिल र स्थानीय फर्निचर उद्योगहरू प्रभावित भएका छन्, स्थानीय गणेश ऐडीले जानकारी दिए।

आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण उपकरण मर्मत गर्न नसकिएको बताए। तर वडाध्यक्ष अर्जुनकुमार महताराले मर्मतका लागि गाउँपालिकाबाट तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको र आवश्यक परे थप बजेटको व्यवस्था गरिने जानकारी दिए। उनका अनुसार, चाँडै विद्युत् सेवा पुनः सञ्चालनका लागि आवश्यक काम सुरु गरिनेछ।

साताकाे चर्चित
सम्बन्धित