काठमाडौँ ।
नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ।
बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत सूचना प्रसार उपसमितिले भृकुटीमण्डपमा महाधिवेशन गर्ने निर्णय सार्वजनिक गरेको हो।
पक्षधर समूहका तर्फबाट सुवास पोखरेलले पत्रकार सम्मेलनमा विशेष महाधिवेशनको मिति र स्थान औपचारिक रूपमा जानकारी गराएका हुन्।