इलाम २ मा एमालेका सुहाङ नेम्बाङ निर्वाचित
इलाम २ मा एमालेका सुहाङ नेम्बाङ निर्वाचित
    • बेल संचार

    • २४ फाल्गुन २०८२, आईतवार

काठमाडौं ।

इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुहाङ नेम्बाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले २२ हजार ४२६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० मत ल्याउँदै तेस्रो स्थानमा रहे।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले ७ हजार ८१४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १७२ मत पाएका छन्।

यस नतिजासँगै इलाम–२ मा एमालेका नेम्बाङ निर्वाचित भएका छन्।

साताकाे चर्चित
सम्बन्धित