राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
उनले आयोगले तोकेको निर्वाचन आचारसंहिताअनुसार जिल्ला निर्वाचन कार्यालय चितवनमा खर्च विवरण पेश गरेका हुन्।
लामिछानेका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीमार्फत बुझाइएको विवरणमा चुनावी अभियानका क्रममा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि आफ्नो चुनावी खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।