काठमाडौं ।
नेपाल बैंक लिमिटेडले आफ्ना कर्जा ग्राहकलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने विशेष योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार २०७९ साल चैत मसान्तअघि खराब वर्गमा वर्गीकृत एक करोड रुपैयाँसम्मका कर्जा लिएका ग्राहकले २०८३ असार मसान्तभित्र तोकिएका शर्त पूरा गरी ब्याज छुटसहित कर्जा चुक्ता गर्न सक्नेछन्।
यसैगरी, २०८० वैशाख १ पछि निष्क्रिय र सक्रिय वर्गमा रहेका ग्राहकले २०८२ चैत मसान्तभित्र सावाँ र ब्याज बुझाएर कर्जा चुक्ता वा नियमित गरेमा पनि ब्याज छुट सुविधा पाउने व्यवस्था गरिएको छ।
बैंकले सम्बन्धित ग्राहकलाई नजिकको शाखा कार्यालयमा सम्पर्क गरी उक्त सुविधा उपयोग गर्न आग्रह गरेको छ।
२०८२/१२/०१ गते, आइतबार प्रकाशित सूचना अनुसार यो योजना कर्जा व्यवस्थापन सहज बनाउन र ग्राहकलाई राहत दिने उद्देश्यले ल्याइएको हो।








