काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा कायम भएको छ। यस्तै, युरो एकको खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा तथा पाउण्ड स्टर्लिङ एकको बिक्रीदर २०० रुपैयाँ नाघेको छ।
एशियाली मुद्रातर्फ चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल तथा युएई दिरामको दर पनि स्थिररूपमा निर्धारण गरिएको छ। जापानी येन (१० युनिट) को बिक्रीदर ९ रुपैयाँ ४४ पैसा तोकिएको छ।
अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलरको दर क्रमशः १०५, १०९ र ११७ रुपैयाँ हाराहारीमा कायम छ। त्यसैगरी मलेसियन रिङ्गेट, थाई भाट र दक्षिण कोरियन वनको विनिमयदर पनि सामान्य उतारचढावसहित तोकिएको छ।
उच्च मूल्यका मुद्रामा कुवेती दिनार, बहराइन दिनार र ओमानी रियाल अझै पनि सबैभन्दा महँगा विदेशी मुद्राका रूपमा रहेका छन्।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने र अद्यावधिक जानकारी बैंकको आधिकारिक वेबसाइटमार्फत उपलब्ध हुने उल्लेख गरेको छ।