पोखरामा किसानलाई ५०% अनुदानमा धानको बीउ, मागभन्दा कम आपूर्ति
पोखरामा किसानलाई ५०% अनुदानमा धानको बीउ, मागभन्दा कम आपूर्ति
    • बेल संचार

    • २३ बैशाख २०८३, बुधबार

पोखरा।

पोखरा महानगरपालिकाले यस वर्ष किसानहरूलाई ७ हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्ने भएको छ।

कृषि विकास शाखाका प्रमुख मनहर कडरियाका अनुसार महानगरभित्रका एक हजारभन्दा बढी किसानबाट करिब २१ हजार किलोग्राम बीउको माग आए पनि उपलब्धता सीमित रहेकाले सबै माग पूरा गर्न नसकिएको हो।

वितरण गरिने बीउमध्ये ‘राम धान’ करिब दुई हजार किलोग्राम रहेको छ भने स्थानीय रूपमा लोकप्रिय पोखरेली जेठो बुढोको माग अत्यधिक रहेको छ।

महानगरपालिकाले स्थानीय किसानबाट प्रतिकिलो २०० रुपैयाँमा बीउ खरिद गरी १०० रुपैयाँमा अनुदानसहित उपलब्ध गराउँदै आएको छ। यसले किसानलाई बीउ उत्पादनतर्फ प्रोत्साहन मिलेको बताइएको छ।

हाल वडा नम्बर १३, २३, २६, २९ र ३० का किसानहरूले बीउ उत्पादन गरिरहेका छन्। साथै, स्थानीय अनदी र पहेँलेजस्ता परम्परागत जातको संरक्षणका लागि जैविक स्रोत संरक्षण अभियानमार्फत बीउ उत्पादन र वितरणलाई समेत प्राथमिकता दिइएको छ।

साताकाे चर्चित
सम्बन्धित