सिवाईसी लघुवित्तमा १ करोड ३० लाख हिनामिनाको आरोप, न्याय माग्दै ९८ पीडित गमगढीमा
सिवाईसी लघुवित्तमा १ करोड ३० लाख हिनामिनाको आरोप, न्याय माग्दै ९८ पीडित गमगढीमा
    • तपेन्द्र ऐडी

    • २७ श्रावण २०८३, बुधबार

मुगु

पोखरामा प्रधान कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको खत्याड गाउँपालिका–४ स्थित प्रचण्ड शाखामा कार्यरत कर्मचारीहरू ले ९८ जना बचतकर्ताको कीर्ते कागजात तयार गरी करिब एक करोड ३० लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त उक्त लघुवित्तको प्रचण्ड शाखामा खत्याड गाउँपालिकाका विभिन्न क्षेत्रमा ५६ वटा महिला समूह आबद्ध छन् । ती समूहमा ७ सय ११ सदस्य रहेको बताइएको छ । तीमध्ये ९८ जना बचतकर्ताको नाममा कीर्ते कागजात तयार गरी ऋण प्रवाह तथा बचत रकम हिनामिना गरिएको पीडित बचतकर्ताहरूको आरोप रहेको छ ।

मनप्रसाद चौलागाई जाहेरीकर्ताको आधारमा प्रचण्ड शाखामा कार्यरत कर्मचारीहरू गणेश चौलागाईं, तुलसी शाही र टीकाप्रसाद जैसीविरुद्ध उच्च अदालत सुर्खेतमा बैंकिङ कसुर तथा सजायसम्बन्धी मुद्दा दर्ता भएको छ । मुद्दा २०८३ जेठ १९ गते दर्ता भएको उच्च अदालत सुर्खेतका निमित्त श्रेस्तेदार प्रेमप्रकाश थापाले जानकारी दिए ।
मुद्दा विचाराधीन रहेकाले उच्च अदालत सुर्खेत ले जिल्ला अदालत मुगु सँग समन्वय गरी पीडित बचतकर्ताहरूको बयान तथा बकपत्र सरकारी साक्षीका रूपमा श्रव्यदृश्य माध्यमबाट लिने व्यवस्था गरेको छ । उक्त मुद्दामा आरोपित तीनै जनालाई उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले रुपैयाँ धरौटी तारेकमा राख्ने आदेश भएको छ ।

आफुले ऋण लिएको त्यो पैसा चुक्ता गरिसकेपछि आफैंलाई जानकारी नगरेर फेरि अर्को ऋण आफ्नो नामबाट लिएको ऋण खत्याड गाउँपालिका वडा नम्बर ३ कि बाटुले बानियाँले बताइ……बाइट

खत्याड गाउँपालिका वडा नं५ भागोटिका मनप्रसाद चौलागाई रु ३ लाख बचतमा डुबेको बताएका छन्।…..बाइट
त्यस्तै खत्याड गाउँपालिकाकै पीडित रमेश बुढाले आफू बचत नगर्ने मनसायमा थिए तर आफू नभएको बेला आफ्नो श्रीमतीलाई ललाई फुकाइ गरेर बचत गर्न लगाएपछि अहिले यो समस्या झेल्नु परेको उनले दुखेसो पोखेका छन्। बाइट।…..

मुद्दति र व्यक्तिगत खाताको रकम समेत गायब
पीडितहरूका अनुसार ऋणमा मात्र नभई बचतकर्ताको मुद्दति तथा व्यक्तिगत बचत खाताको रकम समेत अनियमितता भएको छ । खत्याड गाउँपालिका का स्थानीयवासी उदयराज रावल ले उक्त वित्तीय संस्थामा एक लाख रुपैयाँ मुद्दति खातामा जम्मा गरेकी थिए केही समयसम्म ब्याज समेत ब्याजको त कुरै सुरु आफ्नो पनि पैसा डुबेको उनले बताएका छन्।

‘अहिले खेतीपाती गर्ने समय हो । गाउँमा कोदो, धान, सिमी लगायतका अन्नबालीको गोडमेल गर्नुपर्ने बेला हो । खेतीपाती छाडेर सदरमुकाम आउनुपरेको छ दुखेसो पुग्दै खत्याड गाउँपालिका वडा नं ६ कि गोरीकला रावल ले दुखेसो पोखिन्न…
एकातिर खेतीपाती लथालिङ्ग भएको छ, अर्कोतिर नलिएको ऋणले घरमा तनाव छ’, उनले भनिन् । अर्की पीडित बाचु भियालले आफूहरूलाई कीर्ते कागजात तयार गरी ऋणी बनाइएको र ऋण तिर्ने क्षमता नरहेको बताइन् । ‘९८ जनामध्ये मलाई पनि ऋणी बनाइएको छ । ऋण तिर्ने कसरी हाम्रो आय स्रोत छैन । अर्काको मजदुरी गरेर घरपरिवार चलाउँदै आएका छौँ’, उनले भनिन् ।

श्रव्यदृश्य माध्यमबाट बयानले केही राहत
उच्च अदालत सुर्खेतमा मुद्दा दर्ता भएपछि पीडितहरूले सरकारी साक्षीका रूपमा बकपत्र दिन सुर्खेत पुग्नुपर्ने अवस्था थियो । तर उच्च अदालत सुर्खेतले जिल्ला अदालत मुगुसँग समन्वय गरी जिल्ला अदालतबाटै श्रव्यदृश्य माध्यममार्फत पीडितहरूको बकपत्र लिने व्यवस्था गरेपछि केही राहत भएको पीडितहरूले बताएका छन् ।

सुर्खेत पुगेर फर्किन मात्रै प्रतिव्यक्ति २० हजार रुपैयाँभन्दा बढी खर्च हुने र वर्षायाममा सडक यातायात समेत सहज नभएको नन्दबहादुर मल्लले बताए।
‘सुर्खेत जान र फर्किन मात्रै धेरै खर्च हुन्छ । हवाईजहाजबाट जान सबैको आर्थिक अवस्था पुग्दैन ।

जिल्ला अदालतबाटै श्रव्यदृश्य माध्यमबाट बकपत्र दिने व्यवस्था भएपछि हामीलाई केही राहत भएको छ’, उनले भने । तर बकपत्र लिने प्रक्रिया अझ छिटो र सहज बनाउनुपर्ने पीडितहरूको माग छ । एक जना पीडितको बकपत्र लिन ४० मिनेटभन्दा बढी समय लाग्ने भएकाले एकै पटक दुई–तीन जनाको बकपत्र लिन सक्ने व्यवस्था मिलाइ दिनुपर्ने उनीहरूको भनाइ छ । पीडितहरूले उच्च अदालतको स्थानबाटै वा अन्य वैकल्पिक माध्यमबाट बकपत्र लिने व्यवस्था गर्न सके अझ सहज हुने बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित