देवीघाटमा नेपाली सेनाले जडान गर्‍यो एक्रो ब्रिज
देवीघाटमा नेपाली सेनाले जडान गर्‍यो एक्रो ब्रिज
    • बेल संचार

    • २५ भाद्र २०८३, बिहीबार

काठमाडौं ।

रसुवाको भोटेकोशीमा आएको बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सञ्चालन सहज बनाउन नेपाली सेनाले एक्रो ब्रिज जडानको काम पूरा गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सेनाको टोलीले पाँच दिनअघि सुरु गरेको वैकल्पिक पुल निर्माण तथा जडानको काम बुधबार पूरा गरेको हो।

बाढीबाट पुल बगेसँगै नुवाकोट तथा आसपासका क्षेत्रको यातायात सम्पर्क प्रभावित बनेको थियो। सेनाले छोटो समयमै वैकल्पिक पुल जडान गरेपछि देवीघाट क्षेत्रमा आवतजावत पुनः सहज हुने भएको छ।

नयाँ पुलबाट बिहीबारदेखि पैदलयात्रीलाई आवतजावत गर्न दिइने तथा शुक्रबारदेखि साना र ठूला सवारीसाधन सञ्चालनमा ल्याइने तयारी गरिएको छ।

वैकल्पिक पुल जडान भएपछि स्थानीय बासिन्दा, व्यवसायी तथा यात्रुलाई आवतजावतमा सहजता हुनुका साथै बाढीका कारण प्रभावित यातायात सम्पर्क पुनःस्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित