प्रधानसेनापति सिग्देल चीन प्रस्थान, बेइजिङ स्याङसन फोरममा सहभागी हुने
प्रधानसेनापति सिग्देल चीन प्रस्थान, बेइजिङ स्याङसन फोरममा सहभागी हुने
    • बेल संचार

    • २८ भाद्र २०८३, आईतवार

काठमाडौं ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा प्रस्थान गरेका छन्।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्देल भदौ २८ गतेदेखि असोज ३ गतेसम्म चीनमा रहनेछन्। भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ स्याङसन फोरममा सहभागिता जनाउने कार्यक्रम रहेको छ।

चीन प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए।

प्रधानसेनापतिको चीन भ्रमणले नेपाल र चीनबीचको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन तथा सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको नेपाली सेनाले जनाएको छ।

प्रधानसेनापति सिग्देल चीनमा रहँदा बलाधिकृत रथी प्रदीपजंग केसीले कामु प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हाल्नेछन्।

साताकाे चर्चित
सम्बन्धित