नेपाली कांग्रेस मुगुका पूर्वसभापति हरिजंग शाहीलाई जिल्ला अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी।
नेपाली कांग्रेस मुगुका पूर्वसभापति हरिजंग शाहीलाई जिल्ला अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी।
    • तपेन्द्र ऐडी

    • ३१ भाद्र २०८३, बुधबार

मुगु

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले मुगु जिल्ला कार्यसमितिका उपसभापति तथा पूर्वसभापति हरिजंग शाहीलाई जिल्ला अधिवेशन सम्पन्न गर्ने विशेष जिम्मेवारी तोकेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले भदौ ३० गते पठाएको पत्रमार्फत शाहीलाई आगामी १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनसहित जिल्लामातहतका अधिवेशनहरू सम्पन्न गर्न जिल्ला कार्यवाहक सभापतिको रूपमा काम गर्ने जिम्मेवारी दिएको हो।
पत्रमा नेपाली कांग्रेसको विधान, २०७६ (एघारौँ संशोधनसहित) बमोजिम अधिवेशन सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै निर्वाचन समितिसँग समन्वय गरी तोकिएको जिम्मेवारी पूरा गर्न शाहीलाई निर्देशन दिइएको छ।
केन्द्रीय कार्यालयका महामन्त्री गुरुराज घिमिरेको हस्ताक्षर रहेको पत्रमा जिल्लाका अधिवेशनहरू व्यवस्थित र समयमै सम्पन्न गर्ने जिम्मेवारी शाहीलाई दिइएको छ।

साताकाे चर्चित
सम्बन्धित