त्रिभुवन विमानस्थलबाट सुनजस्तो धातुसहित दुई जना पक्राउ
त्रिभुवन विमानस्थलबाट सुनजस्तो धातुसहित दुई जना पक्राउ
    • बेल संचार

    • ८ आश्विन २०८३, बिहीबार

Hands, handcuffs or arrest with a police officer and criminal walking outdoor in a city from the back. Security, law or legal with a person of authority catching a crime suspect in an urban town

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार कतारको दोहा हुँदै काठमाडौं आएका ४२ वर्षीय भारतीय नागरिक मोहम्मद चेरा थोडीको गतिविधि शंकास्पद देखिएपछि उनलाई विमानस्थलको बाह्य पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

जाँचका क्रममा उनको साथबाट ५३६ ग्राम सुनजस्तो देखिने पहेँलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। उक्त धातु भन्सार छली गरेर ल्याइएको हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको छ।

त्यस्तै, कतार हुँदै काठमाडौं आएका बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिस अन्सारी पनि पक्राउ परेका छन्। उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका ७९.६ ग्राम गरगहना बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ। बरामद धातु वास्तविक सुन भए–नभएको यकिन गर्न आवश्यक परीक्षणसमेत गरिने जनाइएको छ।

दुवै घटनामा बरामद धातुको कुल तौल ६१५.६ ग्राम रहेको छ।

साताकाे चर्चित
सम्बन्धित