यहि भदौ १० गने बुधबार सदाझैँ विहान उज्यालो भयो। धेरै पर्यटकहरु ९ बजे नेपालबाट चिनको कैलाश मानशरोबर लगायत क्षेत्रको भ्रमणका लागि अध्यागमनमा चिन प्रवेशका लागि लाईनमा लामबद्ध भए।
८ बजेर ३७ मिनेट जाँदा नेपालको सिमानाबाट केहि किलो मिटर दुर रहेको हिमताल विष्फोटन हुँदा झण्डै ५ रेक्टरको भूकम्प कप्पन सहित अत्यन्त्र हिँस्रक रुपमा पानीले पहाडनै उचालेर हिँडने बलका साथ भोटेकोशी खोलाको बाटो ओरालो लाग्यो र लाईनमा बसेका सैयौँ पर्यटक, कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, व्यववसायी, स्थानिय जनता सबैलाई भाग्नका लागि थोरै समय पनि नदिएर क्षत विक्षत बनाएर बजार्दै हिँड्यो। विदेशी पर्यटक लगायत हाम्रा प्रिय नागरिकले काल गतीले पनि मर्न नपाउने अवस्था उत्पन्न भयो। त्यस दिनको जस्तो अकल्पनिय घटना विश्वमा कहिँ कतै पनि भएको बारेमा हामीले सुनेका थिएनौँ। हाम्रा देशका शालिन भद्र विचरा दशौँ हजार प्रिय जनताले आफ्नो जिवनको आहुती दिनु पर्ने अवस्था उत्पन्न हुनु हामीले विश्वास गर्ने भगवान प्रतिको आस्था माथि ठूलो चोट पुगेको छ। विश्वमानै विरलै उत्पन्न हुने यस्तो किसिमको अकल्पनिय घटनाको बारेमा हामी कसैलाई पनि अन्दाज थिएन्।
हाम्रा सालिन जनताहरु बाढीले आँफैलाई १ मिनेट भित्र बगाउनका लागि उलिँदा पनि भिडियो बनाउन लाइनमानै थियौं। सँसारमा कहिँ कतै नभएको सुन्दैमा पनि राम्रा मन भएका मानिसहरुलाई अत्यन्त डरलाग्दो अवस्थाको बारेमा अझै पत्याउन मनै लाग्दैन।
हजारौँ साना नानीबाबुहरुको केहि बेरको चिच्यावट, परिवारका सदस्य मध्ये केहि छिटपुट बाहेक सबै बाँच्नका लागि तडपिँदाको अवस्था सोच्दा पनि मटुमा कम्पन आउँछ। त्यस बखत साथमा नहुँदा बाँच्न सफल भएका थोरै मात्रै परिवारका सदस्यहरु प्रति यदि भगवान छन भने शक्ति मिलोस, सम्पर्कमा आउन नसक्नु भएका सबै प्रियजनहरुमा जहाँ जुन अवस्थामा हुनुहुन्छ, तपाईँहरुलाई अव उप्रान्त कहिल्यै दुखः कष्ट नहोस र आत्माले भड्कन नपरोस्। हामीसँग पापी भोटेकोशीलाई गाली गर्नु बाहेक अन्य केही छैन हामी निमुखाहरुनै हौँ। हामी विगत १ महिना देखि तपाईँहरुको डराईरहेको आत्मा, अनि ररोइरहेको आत्मालाई शान्ती मिलोस भन्ने कामना गरिरहेका छौँ। तपाईँहरु जस्ले जानी बुझि कहिल्यै गल्ती गर्नु भएन तर आज नेपालको खोँचमा जन्मिएको, अथवा उक्त भेगमा परिवारका लागि नोकरी गर्नु भएको बाहेक कुनै गल्ती थिएन तर आज तपाईँहरु हामीले नदेखिने ठाउँमा जान बाध्य हुनु भयो। पापी भोटेकोशी र त्रिशुलीलाई जति गाली गरे पनि पुग्दैन्।
अग्ला पहाड अनि खोँचहरुलाई जति गाली गरे पनि पुग्दैन्, आँशु लुकाएर बसेका हिमालहरुलाई जति गाली गरे पनि पुग्दैन्, तालको नाममा पानी जम्मा भएर बसेका स्थानहरु सबै पापी हुन र यिनिहरुले हाम्रो भलाई कहिल्यै गर्दैनन्। हामीलाई कालगतीले मर्न पाउने अधिकार पनि अव रहेन्। भगवाननै भएका भए हाम्रा प्रिय सरल जनतालाई जोगाउँथे होलान्नी, सन् १९९६बाट छट्टाउन थालेको कलीले हरेक दश वर्षको अन्तरालमा ३० हजार भन्दा बढी जनतालाई निल्यो र कोरोना भनेर अको १० हजारलाई लग्यो। यस्तै किसिमले १० वर्षको अन्तरालमा कली छट्टाई रहेमा हामी सबैलाई कालगतीले मर्न पनि दिने छैन्। हामी नेपालमा जन्मिएका र यहिँनै वसोवास गरेकाहरुले कालगतीले मर्न पनि पाउने भएनौं। सबैलाई अप्रत्यासित रुपमा थाहै नदिईकन लाने भयो कलीले। हामी कालगतीले पनि मर्न नपाउने भयौँ।









