लक्ष्मणबहादुर शाहीको ‘आधा अध्याय’ महाधिवेशनपछि सार्वजनिक हुने
लक्ष्मणबहादुर शाहीको ‘आधा अध्याय’ महाधिवेशनपछि सार्वजनिक हुने
    • बेल संचार

    • १८ आश्विन २०८३, आईतवार

काठमाडौँ

जुम्ला जिल्ला हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले आफ्नो राजनीतिक जीवनमा आधारित पुस्तक ‘आधा अध्याय’ नेपाली कांग्रेसको १५औँ महाधिवेशन सकिएलगत्तै सार्वजनिक गर्ने जानकारी दिनुभएको छ।

आफ्नो फेसबुक पेजमार्फत शाहीले चार वर्षअघि सुरु गरेको पुस्तक लेखनको काम अन्तिम चरणमा पुगेको बताउनुभएको हो। उहाँका अनुसार पुस्तकको सम्पादन सम्पन्न भइसकेको छ भने सार्वजनिक गर्ने मिति र स्थान केही दिनभित्र घोषणा गरिनेछ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनको अवसर पारेर पुस्तकबारे जानकारी दिँदै शाहीले आफ्नो राजनीतिक जीवनको आधा अध्याय पाठकमाझ नासोका रूपमा ल्याउन लागेको उल्लेख गर्नुभएको छ।

“मेरो राजनीतिक जीवनको आधा अध्याय यहाँहरूमाझ नासोको रूपमा ल्याउँदैछु। कृपया प्रतीक्षा गर्नुहोला,” उहाँले फेसबुक पोस्टमा लेख्नुभएको छ।

पोस्टसँगै सार्वजनिक गरिएको पुस्तकको आवरणमा ‘आधा अध्याय’ शीर्षक र लेखकको नाम लक्ष्मणबहादुर शाही उल्लेख छ। आवरणमा उहाँको तस्बिरसमेत समावेश गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित