काठमाडौं ।
नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि किशोरसिंह राठौरले सभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत राठौरले पार्टी सभापतिका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्। उनले कांग्रेसभित्र देखिएका मतभेद अन्त्य गर्दै पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउने लक्ष्यसहित आफू नेतृत्वको दौडमा अघि बढेको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ। सोही क्रममा सभापति पदका आकांक्षीहरूले उम्मेदवारी अघि सार्ने क्रम तीव्र भएको छ।
सभापति पदका लागि गगन थापालाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ। यसअघि सोमबार श्यामकृष्ण खड्कीले पनि सभापति पदमा उम्मेदवारी घोषणा गरेका थिए।
नयाँ नेतृत्व चयनका लागि आजै उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका रहेको कांग्रेसले जनाएको छ।