जुम्ला ।
हिमा गाँउपालिका – २ ओदीगाउँमा विजया दशमी तथा लामा विष्णु जात्राको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८३ हुने भएको छ । ठूलो धन राशीकाे खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपालीहरुको ठूलो पर्व दशैंको अवसर पारेर ” स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद र हामी सबैका लागि खेलकुद ” भन्ने मुल नाराका साथ आगामी कार्तिक ८ गतेदेखि प्रतियोगिता सञ्चालन हुने आयोजक लामा विष्णु युवा क्लबका अध्यक्ष धिरेन्द्र रोकायाले जानकारी दिनुभयाे ।
युवाहरुलाई खेलको माध्यमबाट अगाडि बढाउनको लागी लामा बिष्णु युवा क्लबको आयोजनामा जुम्लाको हिमागाँउपालिका वडा नम्बर २ ओदीगाँउमा खुल्ला भलिबल प्रतियोगिता गराउन लागिएको हो । वडाले आर्थिक सहयोग उपलब्ध गराएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख २ हजार २ सय बाईस , दास्रो हुने टिमलाई १ लाख १ हजार १ सय एघार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्रकाे व्यवस्था गरिएकाे छ । टिम दर्ता शुल्क रु ५ हजार ५ सय पच्पन्न लाग्ने आयोजकले जनाएको छ ।
टिम दर्ता मिति २०८३ साल कार्तिक ५ गतेदेखि ७ गते बेलुका ७ बजेसम्म रहेकाे छ । खेल संचालन हुने कार्तिक ८ गते बिहान ८ बजेबाट सञ्चालन हुने अध्यक्ष राेकायाले बताए ।
सम्पर्क व्यक्ति : रंग वहादुर राेकाया – ९८४८३१३६१५ , धिरेन्द्र राेकाया – ९८४८३४४९४१ र धिर वहादुर राेकाया – ९८४९३११७४३
विगत ३ दशक यताबाट लामा विष्णु युवा क्लब हिमा – २ ओदीले दशैतिहार र लामा विष्णु जात्राकाे अबसरमा विभिन्न खेलकाे आयाेजना गर्दै आएकाे छ ।
सम्पूर्ण खेलप्रेमीलाई उपस्थिति भई खेलमा भाग लिनकाे लागि आयाेजकले अनुराेध गरेकाे छ ।