इलाममा बोलेरो दुर्घटना, २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु
इलाममा बोलेरो दुर्घटना, २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु
    • बेल संचार

    • १० कार्तिक २०८३, सोमबार

इलाम ।

इलामको देउमाई नगरपालिका–१ चमैतामा बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

सोमबार बिहान भएको दुर्घटनामा स्थानीय २१ वर्षीय विपिन दियालीको मृत्यु भएको हो।

प्रहरीका अनुसार चौरीबजारतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भएपछि सडकबाट खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक दियालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।

दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित