काठमाडौँ ।
नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको भाउ प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।