काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आइतबार एकैदिन प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। यसअघि शनिबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको ठूलो गिरावटको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ। गत वर्ष माघ १५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मको उच्च मूल्य हो।
यसैगरी, चाँदीको मूल्य पनि आइतबार प्रतितोला १७५ रुपैयाँले घटेको छ। शनिबार ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला ३ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।