सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढ्यो
सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढ्यो
    • बेल संचार

    • १७ कार्तिक २०८३, सोमबार

काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसदिन सुनको मूल्य ८ हजार ३ सय रुपैयाँले घटेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेको छ। अघिल्लो दिन ३ हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर प्रतितोला ३ हजार ७२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित