भारतीय विदेश सचिव मिश्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
भारतीय विदेश सचिव मिश्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
    • बेल संचार

    • १९ कार्तिक २०८३, बुधबार

१८ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका लागि काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालमा उच्चस्तरीय भेटघाट सुरु गरेका छन्।

काठमाडौं आइपुगेपछि मिश्रीले आजै परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका हुन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।

मन्त्रालयका अनुसार भेटका क्रममा दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप विस्तार र गहिरो बनाउने तथा ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा कुराकानी भएको थियो।

त्यसैगरी, आपसी हितका विभिन्न विषय र द्विपक्षीय सहयोगका क्षेत्रलाई थप फराकिलो बनाउनेबारे पनि दुवै पक्षबीच छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीका सिलसिलामा विदेश सचिव मिश्री आज बिहान काठमाडौं आइपुगेका हुन्। उनी दुईदिने औपचारिक भ्रमण पूरा गरी भोलि नयाँदिल्ली फर्किने कार्यक्रम छ।

साताकाे चर्चित
सम्बन्धित