प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश जारी नगर्न महासङ्घको राष्ट्रपतिसमक्ष आग्रह
प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश जारी नगर्न महासङ्घको राष्ट्रपतिसमक्ष आग्रह
    • बेल संचार

    • २१ कार्तिक २०८३, शुक्रबार

काठमाडौं ।

नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न तयार पारिएको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेको छ।

महासङ्घका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा शुक्रबार राष्ट्रपति पौडेललाई भेट्न पुगेको प्रतिनिधिमण्डलले प्रस्तावित अध्यादेशका प्रावधानबारे आफ्नो ध्यानाकर्षण गराएको हो।

भेटमा महासङ्घका पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्यहरूको सहभागिता थियो। प्रतिनिधिमण्डलले अध्यादेशमा समेटिएका व्यवस्थाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने सम्भावित प्रभावबारे राष्ट्रपतिलाई जानकारी गराएको जनाएको छ।

महासङ्घले प्रस्तावित कानुनी व्यवस्थाका विषयमा सरोकार व्यक्त गर्दै अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको हो।

साताकाे चर्चित
सम्बन्धित