default
काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोज आमनेसामने हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। पोखराले चितवनलाई ब्याटिङको निम्तो दिएको छ।
आजको खेलमा पोखराले कप्तान परिवर्तन गरेको छ। यसअघि कप्तानी गरिरहेका कुशल भुर्तेलको स्थानमा चमिका करुणारत्नेले टोलीको नेतृत्व गर्ने भएका छन्।
पोखराले आफ्नो प्लेइङ–११ मा पनि तीन खेलाडी परिवर्तन गरेको छ। शाकिब अल हसनको स्थानमा युवराज सम्रा टोलीमा परेका छन्। त्यस्तै सुदीप अर्याल र सागर ढकालले पनि आज पहिलो रोजाइमा स्थान बनाएका छन्। आकाश चन्द र विपिन आचार्य भने बेन्चमा छन्।
यता चितवन राइनोजले पनि टोलीमा दुई परिवर्तन गरेको छ। मार्की खेलाडी कुशल मल्ल र डान मस्कलीले आजको खेलमा पहिलो रोजाइमा अवसर पाएका छन्। देव खनाल र टम टेलरलाई भने बेन्चमा राखिएको छ।
दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।