काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) की पत्नी सबिना काफ्लेको आयोजनामा आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा कुकुर तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ।
नेपाली संस्कृतिमा कुकुरको निष्ठा, इमानदारी, साहस र मानव जीवनमा रहेको महत्त्वलाई सम्मान गर्दै मनाइने कुकुर तिहारको सांस्कृतिक महत्त्व अन्तर्राष्ट्रिय समुदायमाझ पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विभिन्न मन्त्री, विदेशी कूटनीतिज्ञ, कलाकार तथा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले कुकुरलाई टीका र माला लगाएर पूजा गरेका थिए। यसमार्फत कुकुरप्रति प्रेम, सद्भाव, सम्मान र संरक्षणको भावना अभिव्यक्त गरिएको थियो।
नेपाली मौलिक संस्कृति र परम्परालाई विश्वमाझ चिनाउनुका साथै पशुप्रति दया र मानवीय व्यवहारको सन्देश प्रवाह गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाइएको छ।