विराटनगरका १९ वटै वडामा जग्गाको कित्ताकाट खुला
विराटनगरका १९ वटै वडामा जग्गाको कित्ताकाट खुला
    • बेल संचार

    • १ मंसिर २०८३, मंगलवार

विराटनगर ।

विराटनगर महानगरपालिकाका सबै १९ वडाको भूउपयोग क्षेत्र वर्गीकरण सम्पन्न भएपछि जग्गाको कित्ताकाट प्रक्रिया खुला भएको छ।

महानगरपालिकाले भूउपयोग वर्गीकरणको अन्तिम प्रतिवेदनसहित आवश्यक विवरण नापी कार्यालयमा पठाएपछि जग्गाको कित्ताकाट गर्ने बाटो खुलेको हो।

महानगरपालिकाले गत कात्तिक २७ गते नापी कार्यालयलाई पत्राचार गर्दै वर्गीकरणअनुसारको विवरण कार्यान्वयन गर्न अनुरोध गरेको थियो।

कित्ताकाट खुला भएसँगै जग्गा खरिद–बिक्री, अंशबन्डा तथा जग्गा विभाजनलगायतका काम सहज हुने अपेक्षा गरिएको छ। यसले लामो समयदेखि प्रभावित घरजग्गा कारोबारलाई समेत गति दिने विश्वास गरिएको छ।

यसैबीच, विराटनगर महानगरपालिकाले आगामी एक महिनाभित्र भू–सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ। महानगर प्रमुख नागेश कोइरालाका अनुसार भू–सेवा सुरु भएपछि जग्गासम्बन्धी प्रशासनिक काम छिटो, सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित