पोखरामा जिप दुर्घटना : २३ वर्षीय मिलन गुरुङको मृत्यु, १२ जना घाइते
पोखरामा जिप दुर्घटना : २३ वर्षीय मिलन गुरुङको मृत्यु, १२ जना घाइते
    • बेल संचार

    • २७ कार्तिक २०८३, बिहीबार

पोखरा ।

कास्कीको पोखरामा बिहीबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

पोखरा महानगरपालिका–२३ स्थित दुण्डेफाँटमा घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पुर्‍याइएको थियो। उपचारका क्रममा एक जनाको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४ पामेमा बस्दै आएका २३ वर्षीय मिलन गुरुङ रहेका छन्।

दुर्घटनामा घाइते हुनेहरूमा घाँटीछिनाका १५ वर्षीय विवेक विक, चैनपुरका १६ वर्षीय विवस पराजुली र पोखरा–२३ का १४ वर्षीय अमित सुनार रहेका छन्।

त्यस्तै, १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीया मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री घाइते भएका छन्।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।

साताकाे चर्चित
सम्बन्धित