प्रदेश प्रमुख कलौनीद्वारा शुभकामना दिंदै आर्थिक समृद्धिमा जोड दिन आग्रह
प्रदेश प्रमुख कलौनीद्वारा शुभकामना दिंदै आर्थिक समृद्धिमा जोड दिन आग्रह

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ ।

    • Bell Sanchar

    • ३ आश्विन २०७८, आईतवार

कर्णाली 

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले अबको कार्यभार सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नु रहेको बताउनुभयो । सन्देश भनिएको छ, “जनताको राजनीतिक अधिकारप्राप्तिको सङ्घर्षको चरण सम्पन्न भइसकेको छ । अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने प्रधान दायित्व हाम्रो काँधमा आएको छ । संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख आर्थिक–सामाजिक प्रणाली विकास गर्न आवश्यक नीतिनिर्माण र कार्यान्वयनका लागि तीनै तहका सरकार तथा अन्य सबै सरोकारवाला पक्षलाई जिम्मेवारीपूर्वक लाग्न अनुरोध गर्दछु ।”

विज्ञप्तिमा संविधानले विविधतायुक्त नेपाली समाजलाई आपसी सद्भाव र सहिष्णुतामा आधारित भएर बृहत् राष्ट्रिय एकताका सूत्रमा आबद्ध गरेको उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित