गोरखा १ काे महाधिवेशन प्रतिनिधी खुला तर्फकाे मतगणना सकियाे, कसकाे कति मत ?
गोरखा १ काे महाधिवेशन प्रतिनिधी खुला तर्फकाे मतगणना सकियाे, कसकाे कति मत ?
    • Bell Sanchar

    • १७ आश्विन २०७८, आईतवार

गोरखा । १४ औं महाधिवेशन अन्तरगत नेपाली काँग्रेस गोरखाले प्रतिनिधी सभा क्षेत्र तहसम्मको अधिवेशन सम्पन्न भएको छ । वडा, नगर, प्रदेश सभा हुदै शुक्रबारबाट क्षेत्रिय अधिवेशन सुरु गरेको गोरखा काँग्रेसको शनिबार बेलुका मतदान सकिएको हो । दुवै निर्वाचन क्षेत्रमा सभापति र दुई सचिव सर्वसम्मत भएपनि अन्य पदाधिकारी र महाधिवेशन प्रतिनिधी पदमा भने निर्वाचन भएको थियो ।अधिवेशन अन्तरगत शनिवार ५० जना महाधिवेशन प्रतिनिधिका लागि एक सय १९ जना बिच प्रतिष्प्रर्धा भएको थियाे । निर्वाचन क्षेत्र नम्बर १ मा २५ जनाका लागि ५८ जना र २ मा २५ जनाका लागि ६१ जनाको उमेद्ववारी परेको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।क्षेत्र नम्बर १ मा १ हजार ४३ मतदाता रहेपनि १ हजार २७ मत मात्रै खसेको बताइएको छ भने २ मा ६ सय ९९ मतदाता रहेकोमा ६ सय ९४ मत खसकेको समितिले जनाएको छ ।जसमा हालसम्म गोरखाकाे दुई निर्वाचन क्षेत्र मध्ये एक नम्बरकाे महाधिवेशन प्रतिनिधी पदमा खुल्ला तर्फकाे मतगणना सकिएकाे छ । हिजाे बेलुका करिब ८ बजेबाट सुरु भएकाे मतगणना आइतबार बिहान सवा १० बजे मात्रै सकिएकाे हाे ।हालसम्म खुल्ला १० तर्फकाे मात्रै गणना सकिएकाे र समावेशी सहित अन्य पदकाे परिणाम भने बेलुका करिब ४ बजेसम्म आउने निर्वाचन अधिकृत लक्षमणबाबु आचार्यले जानकारी दिए ।क्षेत्र नम्बर १ काे खुला तर्फकाे मत परिणाम अनुसार नन्द प्रसाद न्याैपानेले सर्वाधिक मत ल्याएका छन् । १ हजार २७ मत खसेकाेमा न्याैपानेले ८ सय ८० मत ल्याएर विजयी बन्न सफल भएका छन् । त्यस्तै गरी दाेस्राेमा राजेन्द्र बजगाँईले ७४२, तेस्राेमा धिरन थापाले ७१९, चाैथाेमा देवेन्द्र वाग्लेले ६७१ र पाँचाैमा राजनराज पन्तले ६१७ मत ल्याएर विजयी बनेकाे निर्वाचन समितीले जानकारी दिएकाे छ ।यसैगरी छैटाैमा प्रेम कुमार खत्री ५८५, साताैमा पूर्णबहादुर दाहालले ५४७, आठाैमा किरणबाबु श्रेष्ठले ५१५, नवाैमा इश्वर पाण्डे ४७२ र दशाैमा चेत बहादुर अधिकारीले ४२३ मत ल्याएर विजयी बनेका हुन । खुला १० का लागि २२ जनाकाे उम्मेदवारी परेकाे थियाे ।यता क्षेत्र नम्बर दुईको भने निर्वाचन हरमटारी स्थित निर्मााण ब्यवसायी संघको भवनमा भएको थियो । क्षेत्र नम्बर २ काे भने मत परिणाम आउन बाँकी रहेकाे बताइएकाे छ ।

साताकाे चर्चित
सम्बन्धित