नर्वेमा एक व्यक्तिले गरेको तीर आक्रमण पाँचको मृत्यु
नर्वेमा एक व्यक्तिले गरेको तीर आक्रमण पाँचको मृत्यु
    • Bell Sanchar

    • २८ आश्विन २०७८, बिहीबार
नर्वेमा एक व्यक्तिले गरेको तीर आक्रमण पाँचको मृत्यु

नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको हुनाका साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले जनाएको छ ।  स्थानीय समयानुसार बुधबार साँझ ६ः१३ बजे उक्त आक्रमण भएको बताइएको छ ।

सन्दिग्ध आक्रमणकारी ३७ वर्षीय डेनिश नागरिकलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ । डेनिश नागरिकले अन्धाधुन्ध एक्लै तीर आक्रमण गरेको प्रहरीको अनुमान रहेको छ । के  कति कारण आक्रमण भएको सो भने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । हताहत भएकाहरुका केही सुपरमार्केटमा फेला परेका थिए । जसमध्ये ड्युटीमा नरहेका एकजना प्रहरी अधिकारीको अस्पतालमा उपचार भइरहेको बताइएको छ । नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्ग डरलाग्दो आक्रमण भएको भनी यस आक्रमणको निन्दा गर्नुभएको छ ।  यो कार्य आतङ्कवादीको हो या होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनु भएको छ । घटनापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले ‘मलाई थाहा छ कि धेरै मानिसहरू त्रसित भएका छन्,’ तर अवस्था अहिले प्रहरीको नियन्त्रणमा छ भन्ने कुरा पनि बुझ्नुपर्छ’ भनेका छन् ।

साताकाे चर्चित
सम्बन्धित