नेपाली राष्ट्रिय क्रिकेटः मुख्य प्रशिक्षकको दरखास्त आह्वान
नेपाली राष्ट्रिय क्रिकेटः मुख्य प्रशिक्षकको दरखास्त आह्वान
    • Bell Sanchar

    • १ कार्तिक २०७८, सोमबार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । क्यानले आज मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्य व्यक्तिले आफ्नो बायोडाटा र पदका लागि इछ्याएको कारण खुलाउँदै अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने छन् । मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन बनेको छ ।

ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन् ।

६७ वर्षीय ह्वाटमोर खुल्ला प्रतिस्पर्धाबाटै मुख्य प्रशिक्षक नियुक्त भएका थिए । तर, उनले ८ महिना नबित्दै राजीनामा दिएका थिए ।

साताकाे चर्चित
सम्बन्धित