आगामी वर्ष जापानमा कोभिडविरुद्धको खोप ल्याउँदै दाइची सान्क्यो
आगामी वर्ष जापानमा कोभिडविरुद्धको खोप ल्याउँदै दाइची सान्क्यो
    • Bell Sanchar

    • ५ कार्तिक २०७८, शुक्रबार

जापानी औषधि निर्माता कम्पनी दाइची सान्क्यो कम्पनीले सन् २०२२ को अन्त्यसम्ममा घरेलु स्तरमा कोरोना भाइरस विरुद्धको खोप लञ्च गर्ने अपेक्षा आफूले गरेको बताएको छ । मार्चमा शुरु गरिएको अध्ययनले सकारात्मक नतिजा देखाएपछि कम्पनीले जापानमा खोप प्रयोगमा ल्याउने भएको हो ।आगामी महीनादेखि खोपको क्लिनिकल परीक्षणको गति तीव्र बनाउने योजना कम्पनीको छ । मार्चसम्ममा खोपको क्लिनिकल परीक्षण अन्तिम चरणमा पुर्याउने योजनामा कम्पनी छ । कम्पनीको खोपमा अमेरिकी फर्मा कम्पनी फाइजर इंक र मोडेर्नाको खोपमा जस्तै म्यासेञ्जर आरएनए प्रयोग गरिएको छ ।कम्पनीले परीक्षण २० वर्ष वा सो भन्दा बढी उमेरका १४२ मानिसमाझ गरेको थियो । यस क्रममा खोपले एन्टिबडी प्रतिक्रिया घटाएको पूष्टि भएको छ । अहिलेसम्म सुरक्षासँग सम्बन्धित कुनै समस्या पनि नदेखिएको दाइची सान्क्योले बताएको छ । खोपलाई बूष्टर मात्राको रुपमा प्रयोग गर्दा यसको प्रभावकारिताको मूल्यांकन गर्न जनवरीमा क्लिनिकल परीक्षण शुरु गर्नेबारे सम्बन्धित अधिकारीहरुसँग परामर्श गर्ने पनि कम्पनीले बताएको छ ।

साताकाे चर्चित
सम्बन्धित