जापानमा कठोर क्वारन्टिनको सामना गर्दै विदेशी अनुसन्धाताहरु
जापानमा कठोर क्वारन्टिनको सामना गर्दै विदेशी अनुसन्धाताहरु
    • Bell Sanchar

    • १८ कार्तिक २०७८, बिहीबार

हालै मात्र जापान सरकारसम्बद्ध संस्थाले विदेशी अनुसन्धाताहरुलाई लिन थालेको छ । तर उनीहरुले कोभिड–१९ सम्बन्धी निकै कठोर क्वारन्टिन नियमहरु पलना गर्नु परिरहेको छ । जापानमा आउनेबित्तिकै उनीहरु होटलका कोठामा बन्दी भएको यस मामिलाबारे जानकार स्रोतले बुधबार बताएको भन्दै क्योदोले समाचार छापेको छ । जापान फाउन्डेशनको कार्यक्रमका लागि आएका ५० भन्दा धेरै अनुसन्धाताहरुलाई जापान आइपुग्ने बित्तिकैको १५ दिनसम्म होटलको कोठा छोड्न अनुमति छैन ।

कसैले नियम तोड्छन् कि भनेर सुरक्षा गार्डहरुले निगरानी गरिरहेको ती मानिसहरुले बताएका छन् । विज्ञहरु अक्टोबर २८ मा जापान आइपुगेका थिए । त्यसयता उनीहरु नारिता विमानस्थल नजिकको एक होटलमा क्वारन्टिन बसिरहेका छन् । जापानले कोभिडका कारण सीमामा कडाई गरिरहेको भएपनि अपवादका रुपमा उनीहरुलाई प्रवेश गर्ने अनुमति दिइएको थियो । तर आफूहरुलाई गरिएको व्यवहारपछि केही विज्ञहरुले आफ्नो क्वारन्टिनलाई विलासी जेलमा रखिएको अवस्थासँग तुलना गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित