महको निर्देशनमा बन्यो ‘अनुष्का’ (भिडिओ)
महको निर्देशनमा बन्यो ‘अनुष्का’ (भिडिओ)
    • Bell Sanchar

    • १९ चैत्र २०७८, शनिबार

वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’ निर्माण गरेका छन्।

साइबर सुरक्षा र चेतनाबारे जानकारी दिने ‘अनुष्का’ लाई युट्युबमार्फत सार्वजनिक गरिएको छ।

फिल्ममा महसँगै हिउँवाला गौतम, प्रदिप वास्तोला, बिगिशा अधिकारी, रोशनी सापकोटा, मुकुन्द मैनाली, आर्यन खरेल, प्रतिशा रिजाल, दिनेश कडेल, संजय गौतम, रोशनी गौतम, बिमल खड्का, विशाल पुरी, प्रभा पौडेल, रेविका परियार, अनिशा बुढाथोकी, संगीता ढुङगाना, प्रतिभा ताम्राकारलगायतको अभिनय रहेको छ ।

हाँस्यरसमार्फत् चेतना जगाउँदै आएको महजोडीले पछिल्लो समय सिरियल बाहेक पनि छोटा फिल्ममार्फत् यसलाई निरन्तरता दिएका छन् ।

अनुष्कामा भुपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर करेक्सन, गोकुल अधिकारीको छायांकन, हरिवंश आचार्यको कथा, पटकथा र संवाद रहेको छ भने यसलाई मदनकृष्ण श्रेष्ठले हरिवंशसँग मिलेर निर्देशन गरेका छन् ।

हेर्नुहोस् अनुष्का

साताकाे चर्चित
सम्बन्धित