जातीय छुवाछुतविरुद्ध बनेको फिल्म ‘निरमाया’ को गीत सार्वजनिक (भिडिओ)
जातीय छुवाछुतविरुद्ध बनेको फिल्म ‘निरमाया’ को गीत सार्वजनिक (भिडिओ)

शुक्रबार ‘मायाको रंग हुँदैन’ बोलको गीत सार्वजनिक गरिएको हो।

    • Bell Sanchar

    • १८ कार्तिक २०७९, शुक्रबार

रमेश कोइराला निर्देशित फिल्म ‘निरमाया’ को गीत सार्वजनिक भएको छ।

शुक्रबार ‘मायाको रंग हुँदैन’ बोलको गीत सार्वजनिक गरिएको हो।

धर्मेन्द्र सेवान र रेखा शाहको स्वर रहेको गीतमा उत्तम भेटुवालको शब्द र रिमेश कुमारको संगीत छ। गीतको भिडिओमा जेबी डिसी, अजित लामिछाने, प्रतिशा रिजाल र समुद्द पौडेललाई देख्न सकिन्छ।

‘परिवर्तन आफैबाट सुरु गरौं समाज स्वतः बदलिनेछ’ भन्ने नाराका साथ फिल्म निर्माण गरिएको हो। फिल्मा जातीय छुवाछुतविरुद्ध आवाज उठाइएको छ।

फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, श्याम केसी, विष्णु रोका, अप्सरा अधिकारी, रामबाबु रेग्मी, दिपक अधिकारीलगायत कलाकारको अभिनय छ। यो फिल्मको कथा रामकुमार केसी र अजित लामिछानेले तयार पारेका हुन्।

महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन्। रवि कोइराला र जीवन पराजुलीले छायांकन गरेको फिल्मलाई उत्तर राना मगर र तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन्।

मदानी मुभिजको प्रस्तुतिमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको फिल्म सिन्धुली, काभ्रे र रामेछापमा छायांकन गरिएको हो।

साताकाे चर्चित
सम्बन्धित