जीप दुर्घटनामा १ जनाको मृत्यु, ३ जना घाइते
जीप दुर्घटनामा १ जनाको मृत्यु, ३ जना घाइते
    • Bell Sanchar

    • २७ चैत्र २०७९, सोमबार

डडेल्धुराको भीमदत्त राजमार्गअन्तर्गत कैलालीको चुरे पहाडी क्षेत्र फल्टुडे सडकखण्डमा आइतवार राति भएको जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ३ जना घाइते भएका छन् ।सुपप्र ०१००१ ज १४२३ नम्बरको जीप दुर्घटनामा घाइते भएका चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

उपचारका लागि धनगढी ल्याउने क्रममा ठगुन्नाको बाटोमै मृत्यु भएको छ ।

दुर्घटनामा चुरे गाउँपालिकाकै प्रकाश धामी, हरिश धामीसहित ३ विद्यार्थी समेत घाइते भएका छन् ।

घाइतेको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । झण्डै ४५ किलोमिटरको दूरीमा रहेको अत्तरियास्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एसईई परीक्षा दिएर घरतर्फ जाँदै गरेका उनीहरू जीप दुर्घटनामा परेका बताइएको छ ।

मृतक र घाइते चुरे गाउँपालिकाको मलकटेश्वर माविमा अध्ययनरत विद्यार्थी हुन् ।

साताकाे चर्चित
सम्बन्धित