सिँजा १ मा शत प्रतिशत बालबालिका विद्यालय भर्ना भएको घोषणा
सिँजा १ मा शत प्रतिशत बालबालिका विद्यालय भर्ना भएको घोषणा
    • उमेश बुढा

    • ३ जेष्ठ २०८०, बुधबार

 जुम्ला ।

जुम्लाको सिँजा गाउँ पालिका वडा नम्बर १ मा शत प्रतिशत बालबालिका विद्यालय भर्ना भएको घोषाणा गरिएको छ ।

देउराली रत्नलाल आधारभुत विद्यालय डिग्रा , कुलदेयो माडु आधारभुत विद्यालय प्याकुरेवाडा र मालिका माध्यमिक विद्यालय धाँपा यस वडामा ३ ओटा विद्यालयहरु रहेकोमा जसमा छात्राको सङ्ख्या ४२३ र छात्र ४४१ गरि जम्मा विद्यार्थी सङ्ख्या ८ सय ६४ जना विद्यालयमा भर्ना भएका छन् ।

सिँजा गाउँपालिका २०८९ साल फागुन २९ गतेको निर्णय अनुसार वडा नम्बर १ लाई उमेर समहु ४ वर्षदेखि १६ वर्ष सम्मका बालबालिका विद्यालय बाहिर नरहेको पालिकाकै प्रथम घोषणा गर्ने निर्णय गरेको हो ।

बालबालिका विद्यालय भन्दा बाहिर नरहेको घोषणा गर्न सफल हुने सँजा १ वडालाई शुभकामना सहित धन्यवाद व्यक्त प्रजिअ जय कुमार घिमिरेले दिनुभयो ।

बालबालिका उमेर समुह ४ वर्षदेखि १६ वर्ष सम्मका बालबालिका विद्यालयको पहुँचमा रहेको र अभिभावकले भर्ना गर्न अझै सहयोग पुर्याउनु पर्ने प्रतिवदृतामा उल्लेख छ ।

 

 

साताकाे चर्चित
सम्बन्धित