सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा
सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा
    • Bell Sanchar

    • ६ असार २०८०, बुधबार

धनगढी ।

सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ । सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो ।

मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइनेछ ।

गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।

दुर्घटनामा सिंहकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको पनि निधन भएको छ ।

चालक धर्मराज जोशी र निजी सुरक्षा गार्ड दीपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित