काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग सातै प्रदेशका प्रमुखहरूले शिष्टाचार भेट गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न उक्त भेटमा प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको समसामयिक अवस्था, विकास चुनौती र प्राथमिकता विषयमा जानकारी गराएका थिए।
भेटमा सहभागी प्रदेश प्रमुखहरू यसप्रकार छन्:
कोशी प्रदेश — परशुराम खापुङ
मधेस प्रदेश — सुमित्रा सुवेदी भण्डारी
बागमती प्रदेश — दीपकप्रसाद देवकोटा
गण्डकी प्रदेश — डिल्लीराज भट्ट
लुम्बिनी प्रदेश — कृष्णबहादुर घर्तीमगर
कर्णाली प्रदेश — यज्ञराज जोशी
सुदूरपश्चिम प्रदेश — नजिर मियाँ
राष्ट्रपतिसँगको भेटका क्रममा प्रदेश प्रमुखहरूले संघीयता कार्यान्वयन, प्रदेशस्तरीय प्रशासनिक समन्वय, विकास योजनाको प्रगति, र नागरिक अपेक्षाहरूका विषयमा संक्षिप्त रिपोर्टिङ गरेका थिए।
राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरूबाट प्राप्त जानकारीलाई महत्वपूर्ण बताउँदै संविधानबमोजिम प्रदेशहरूको भूमिकालाई प्रभावकारी बनाउन राष्ट्रपतिको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभएको स्रोतले जनाएको छ।