नेपाल बैंकका ग्राहक र कर्मचारीलाई क्यूरा हेल्थमा विशेष स्वास्थ्य छुट
नेपाल बैंकका ग्राहक र कर्मचारीलाई क्यूरा हेल्थमा विशेष स्वास्थ्य छुट
    • बेल संचार

    • २१ मंसिर २०८२, आईतवार

ललितपुरको ज्वागलमा सञ्चालित क्यूरा हेल्थ प्रा. लि. र नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडबीच स्वास्थ्य सेवा छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूले क्यूरा हेल्थद्वारा प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौताबमोजिम बैंकका कर्मचारी र खातावालाहरूले प्याथोलोजी ल्याबका विविध सेवामा १२ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै केही विशेष परीक्षणका लागि निःशुल्क होम डेलिभरी सेवाको सुविधा समेत उपलब्ध हुनेछ । विभिन्न हेल्थ प्याकेजहरूमा पनि आकर्षक छुटको व्यवस्था गरिएको छ ।

सम्झौता २०८२ साल मंसिर १९ गते नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान विभागका प्रमुख श्री निर्मल सुवेदी र क्यूरा हेल्थ प्रा. लि.को तर्फबाट प्रबन्धक श्री शीतल प्रसाद पोखरेलले हस्ताक्षर गर्नुभएको हो ।

यस सम्झौताबाट नेपाल बैंकका कर्मचारी र ग्राहकहरू क्यूरा हेल्थद्वारा प्रदान गरिने सहुलियतपूर्ण तथा गुणस्तरीय स्वास्थ्य सेवाबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिइएको छ ।

साताकाे चर्चित
सम्बन्धित