६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पद खुला, १० दिनभित्र आवेदन दिन आग्रह
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पद खुला, १० दिनभित्र आवेदन दिन आग्रह
    • बेल संचार

    • ४ जेष्ठ २०८३, सोमबार

काठमाडौं ।

सरकारले देशका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका उपकुलपति पद पूर्तिका लागि आवेदन आह्वान गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सोमबार सूचना जारी गर्दै ६ वटा प्रतिष्ठानका लागि योग्य उम्मेदवारबाट दरखास्त मागेको हो ।

आवेदन खुला गरिएका प्रतिष्ठानमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।

मन्त्रालयले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार गठन गरिएको छनोट तथा सिफारिस समितिमार्फत प्रक्रिया अघि बढाइएको जनाएको छ ।

इच्छुक तथा योग्य उम्मेदवारले मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध लिंकमार्फत १० दिनभित्र आवेदन दिन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित