ताप्लेजुङको दुर्गम गाउँ याङमा बस्ती
ताप्लेजुङको दुर्गम गाउँ याङमा बस्ती
    • Bell Sanchar

    • ३० भाद्र २०७८, बुधबार

ताप्लेजुङको हिमाली वस्ती याङ्माको यात्रा अविस्मरणीय रह्यो । ताप्लेजङ सदरमुकामदेखि लगभग तीन दिनमा पुगिन्छ हिमाली वस्ती । जिल्लाको दुर्गम र उच्च हिमाली क्षेत्रमा रहेको सो गाउँ पुग्ने जोकोहीले नाउर, पोखरीको सौन्दर्य, नजिकै हिमालको दृश्यावलोकन, सो गाउँको बसोबासशैलीले मन तान्ने गरेको छ । चीनको स्वशाशित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलाको याङ्मा समुद्र सतहदेखि चार हजार दुई सय मिटरको उचाइमा रहेको बस्ती हो ।

सदरमुकाम फुङलिङदेखि एकदिन सवारी साधन र बाँकी दुईदिन पैदल यात्रामार्फत् तीनदिनमा याङ्मा पुगिन्छ । जिल्लाकै उच्च तथा दुर्गम बस्ती याङ्माका बासिन्दा अहिलेसम्म कुनै पनि सञ्चारमाध्यमको पहुँच नहुँदा सुविधा उपभोग गर्नबाट बञ्चित छन् । सीमावर्ती फक्ताङ्लुङ गाउँपालिका वडा नं। ७ ओलाङ्चुङगोलाको याङ्मा अहिलेसम्म सञ्चारको पहुँच बाहिर रहेको जिल्लाकै उच्च हिमाली बस्ती हो । हिउँद मौसमभर हिउँले ढाक्ने वरिपरि हिमालले घेरेको याङ्मा खोलाको किनार खोँचमा रहेको याङ्मामा कहिलेदेखि बस्ती बस्न थालेको हो भन्ने थाहा नभएको बताउने स्थानीय ६५ वर्षीय ठावा शेर्पाले सञ्चारसुविधा नहुँदा सूचना आदानप्रदानमा समस्या रहँदै आएको बताउनुभयो ।

 

साताकाे चर्चित
सम्बन्धित