यश र सञ्जय दत्तको ‘केजीएफ–२’ले दोस्रो साता पनि राम्रो कमाइ गर्दै, कुन दिन कति कमायो ?
यश र सञ्जय दत्तको ‘केजीएफ–२’ले दोस्रो साता पनि राम्रो कमाइ गर्दै, कुन दिन कति कमायो ?
    • Bell Sanchar

    • १४ बैशाख २०७९, बुधबार

साउथका सुपरस्टार यश र सञ्जय दत्तको फिल्म ‘केजीएफः च्याप्टर २’ले दोस्रो साता पनि बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ । यशको यस फिल्मको हिन्दी बेल्टले मात्रै पनि दोस्रो हप्तामै ३०० करोडको ठूलो आँकडा पार गरेको छ ।

‘केजीएफः च्याप्टर २’ले एसएस राजामौलीको फिल्म ‘आरआरआर’लाई ठूलो पर्दामा चुनौती दिइरहेको छ । फिल्म रिलिजको पहिलो दिनदेखि नै कलेक्शनका कारण निकै चर्चामा छ ।

केजीएफको उत्कृष्ट प्रदर्शनका कारण १३ औं दिनमा पनि जनताको नजर यतैतिर छ । स्रोतका अनुसार फिल्मले १३ औं दिन १५ करोडको व्यापार गरेको छ ।

अर्कोतर्फ, विश्वव्यापी कलेक्शनको कुरा गर्ने हो भने फिल्मले ९०० करोडको ठूलो आँकडा पार गरिसकेको छ ।

दोस्रो साता ‘केजीएफः च्याप्टर २’ले कुन दिन कति कमायो ?

  • शुक्रबार : रु ११.५६ करोड
  • शनिबार : रु १८.२५ करोड
  • आइतबार : रु २२.६८ करोड
  • सोमबार : रु २० करोड
  • मंगलबार : रु १५ करोड
  • कुल : रु ८१ करोड

पहिलो सातादेखि अहिलेसम्मको कुल कलेक्सनको कुरा गर्दा फिल्मले ३५० करोडभन्दा बढी कमाइ गरिसकेको छ । योसँगै फिल्मले छैटौं सबैभन्दा धेरै कलेक्सन गर्ने फिल्ममा पनि आफ्नो नाम कायम गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित