प्रधानमन्त्री पत्नी सविना काफ्लेको स्वास्थ्य अवस्था सामान्य
प्रधानमन्त्री पत्नी सविना काफ्लेको स्वास्थ्य अवस्था सामान्य
    • बेल संचार

    • ३० आश्विन २०८३, शुक्रबार

काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाहकी पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रियापछि स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएकी हुन् ।

शल्यक्रिया सफल भएपछि काफ्लेले आफ्नो स्वास्थ्यप्रति चासो व्यक्त गर्ने, शीघ्र स्वास्थ्यलाभको कामना गर्ने तथा शुभेच्छा पठाउने सबैप्रति आभार व्यक्त गरेकी छन् ।

उनले उपचारका क्रममा समयमै गुणस्तरीय सेवा प्रदान गरेको भन्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई पनि धन्यवाद दिएकी छन् ।

काफ्लेले स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै कठिन समयमा साथ र सद्भाव व्यक्त गर्ने सबैको माया तथा शुभकामनाप्रति कृतज्ञता व्यक्त गरेकी हुन् ।

साताकाे चर्चित
सम्बन्धित