निवर्तमान प्रहरी महानिरीक्षक कार्कीको रिटमा कात्तिक ३० गते सुनुवाइका लागि पेशी
निवर्तमान प्रहरी महानिरीक्षक कार्कीको रिटमा कात्तिक ३० गते सुनुवाइका लागि पेशी
    • बेल संचार

    • २१ कार्तिक २०८३, शुक्रबार

काठमाडौं ।

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक पदबाट हटाइएको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ।

कार्कीका तर्फबाट कानुन व्यवसायीमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको हो। सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त निवेदनमाथि कात्तिक ३० गते सुनुवाइका लागि पेशी निर्धारण गरिएको छ।

यसअघि अध्ययन प्रक्रियामा रहेकाले बिहीबार निवेदन दर्ता हुन नसकेको बताइएको थियो। आवश्यक अध्ययनपछि बिहीबार नै रिट दर्ता भएको हो।

सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको छ। तर, कार्कीले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र भने बुझिसकेका छैनन्।

आफूलाई पदबाट हटाउने सरकारी निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्कीले न्यायिक उपचारका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्।

साताकाे चर्चित
सम्बन्धित