काठमाडौं ।
तिहारपछि नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनको भाउ प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि गत सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला ३ हजार ८५५ रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार १५५ रुपैयाँ घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनअनुसार नेपाली बजारमा सुनचाँदीको मूल्य समायोजन गरिएको हो।