एनपीएलमा दीपेन्द्र सिंह ऐरीको दोस्रो अर्धशतक, संकटमा सुदूरपश्चिमलाई सम्हाले
एनपीएलमा दीपेन्द्र सिंह ऐरीको दोस्रो अर्धशतक, संकटमा सुदूरपश्चिमलाई सम्हाले
    • बेल संचार

    • २७ कार्तिक २०८३, शुक्रबार

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गोर्खाजविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाएका हुन्।

सुरुवातमै ८ रन जोड्दा चार विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमको इनिङ्सलाई दीपेन्द्रले सम्हालेका थिए। उनले आरिफ शेखसँग पाँचौँ विकेटका लागि ५४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई कठिन अवस्थाबाट बाहिर निकाल्ने प्रयास गरे।

जारी प्रतियोगितामा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो। यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाएका थिए।

साताकाे चर्चित
सम्बन्धित