खेलाडीहरूको आक्रोश : हामीले फेसबुक पोष्ट गर्न पनि अल्मुताइरीलाई सोध्नु पर्ने ?
खेलाडीहरूको आक्रोश : हामीले फेसबुक पोष्ट गर्न पनि अल्मुताइरीलाई सोध्नु पर्ने ?
    • Bell Sanchar

    • १६ बैशाख २०७९, शुक्रबार

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले आफूहरु अल्मुताइरीको टचर सहेर बसेको बताएका छन् । उनीहरुले अल्मुताइरीले लामो समयदेखि आफूहरुको व्यक्तिगत विषयहरुलाई पनि लिएर टचर दिने गरेको बताए ।

 

 

‘फेसबुक पोष्टदेखि लिएर आफ्नो अन्तवार्ता सेयर गर्न अल्मुताइरीले सर्कुलर दिन्थ्ये । हामी त्यही गर्थ्यौं । फेसबुकको पोष्ट पनि उनलाई सोधेर लेख्नुपर्ने अवस्था थियो,’ खेलाडी विशाल राईले भने ।

विशालले अल्मुताइरीले कपाल र हातको ट्याटुको विषयमा पनि वहाना बनाएर धम्काउने गरेको बताए । त्यस्तै अनन्त तमाङले अल्मुताइरीले आफ्नो अन्तरवार्ता र फेसबुक पोष्ट पनि सेयर गर्न लगाउने गरेको बताए ।

‘प्रशिक्षकले आफ्नो फेसबुक पोष्ट पनि सेयर गर्न लगाउनु हुन्थ्यो । उहाँको अन्तरवार्ता पनि सबै खेलाडीले सेयर गर्नु पर्ने हुन्थ्यो,’ तामाङले भने ।

साताकाे चर्चित
सम्बन्धित