क्रिष्टल प्यालेसले टोटनह्यामलाई ३–० गोलले हरायो
क्रिष्टल प्यालेसले टोटनह्यामलाई ३–० गोलले हरायो
    • Bell Sanchar

    • २६ भाद्र २०७८, शनिबार

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसले शीर्ष स्थानको टोटनह्यामलाई ३–० गोलले हराएको छ ।

यो सिजनमा सतप्रतिशत नतिजा आफ्नो पक्षमा पारेको टोटनह्याम निकै कमजोर मानिएको क्रिष्टल प्यालेसँग पराजित भएको हो । क्रिष्टल प्यालेसका लागि इडवार्डले २, रजाहाले एक गोल गरे । जाफेटले ५८ औँ मिनेटमा रातो कार्ड पाएपछि टोटनह्याम १० खेलाडीमा सीमित थियो । त्यसैको फाइदा उठाउँदै क्रिष्टल प्यालेसले ७६, ८४ र ९२ औं मिनेटमा गोल गर्याे ।

आजको जीतसँगै क्रिष्टल प्यालेस पाँच अंकसहित ११ औं स्थानमा उक्लिएको छ ।

साताकाे चर्चित
सम्बन्धित